प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
शिक्षा विकास निर्देशनालय
कर्णाली प्रदेश वीरन्द्रनगर, सुर्खेत, नेपाल
Need Help ?
Call: +977-083520276

क्षेत्रीय शिक्षा निर्देशक

हरि गौतम

शिक्षा निर्देशनालय मप सुर्खेतले नेपाल सरकार शिक्षा मन्त्रालयले तय गरेका विद्यालय शिक्षाको लक्ष्य,उद्देश्य तथा कार्यक्रमहरु प्रभावकारीरुपले कार्यान्वयन गर्नका लागि क्षेत्रीय स्तरमा समन्वय,निरीक्षण, अनुगमन,सुपरीवेक्षण तथा पृष्ठपोषण जस्ता प्राविधिक सेवाहरु प्रदान गरिरहेकोछ । नेपाल सरकार शिक्षा मन्त्रालयले प्रदान गरेको उक्त भूमिकालाई प्रभावकारी रुपले सम्पादन गर्न निर्देशनालय सबै सरोकारवालाहरुसंग हातेमालो गरी अघि बढन तयार छ । विद्यालय शिक्षाका विभिन्न कार्यक्रम मार्फत कक्षाकोठा शिक्षणमा प्रभावकारिता ल्याई विद्यार्थीको शैक्षिक उपलब्धीस्तर बढाउन सबै सरकारी तथा गैरसरकारी निकायहरुले समन्वय तथा सहयोगका साथ  आआफ्नो भूमिका कुशल तथा इमान्दारीताका साथ निर्वाह गर्नहुने अपेक्षा निर्देशनालयले गरेको छ ।